मन मिले माया प्रित लाउने छु यसपाली ।।
पिरतिले मनको छानो छाउने छु यसपाली ।।
आकाशको तारा टिपी दिनसक्छु म भन्दिन,
मुटू भरी माया लिई आउने छु यसपाली ।।
लेक बेँसी सधै भरी गर्दै सँगै हातेमालो,
तिम्रै साथ दुःख सुख धाउने छु यसपाली ।।
माया के हो थाहा पाए तिमी देखी टाढा हुँदा,
पोख्दै बह रुँदै गीत गाउने छु यसपाली ।।
आशा गर्छु तिम्रो साथ पाउने छु यसपाली ।।