मन मुटु लुटियो त्यो तिम्रो शहरमा,
आत्मा शरिर छुटियो त्यो तिम्रो शहरमा ।
सुन्दर ति फुलहरु फुलाउने यो मन,
नराम्ररी चुटियो त्यो तिम्रो शहरमा ।
सगै जिउने सगै मर्ने हिजोको त्यो बाचा,
स्वार्थ भित्र भुटियो त्यो तिम्रो शहरमा ।
निष्ठुरीको पापि मन कठोर भई दिदाँ,
दुई चिरा भै फुटियो त्यो तिम्रो शहरमा ।
निस्वार्थले लगाएको यो मनको माया,
अपराधि पो खुटियो त्यो तिम्रो शहरमा ।