खुशी हरु बाट्न नपाई पिढा मात्र पोखिन्छकी,
मन मुटु साट्न नपाई ढुक-ढुकी नै रोकिन्छकी....
सङ्गै बाच्ने सङ्गै मर्ने हात समाइ कसम खाउँ भन्छु,
देउराली मा भाक्न नपाई ढुक-ढुकी नै रोकिन्छकी ।
जुनी जुनी सङ्गै बित्ने माया प्रिती लाउँ भन्छु
आधाजीवन काट्न नपाई ढुक-ढुकी नै रोकिन्छकी ।।
तीम्रो मुहार मुस्कुराउन सधैं बहार लीइ आउँ भन्छु
बादलु झै फाट्न नपाई ढुक-ढुकी नै रोकिन्छकी ।
भावनामा आट्न नपाई ढुक-ढुकी नै रोकिन्छकी ।।