मन परेर के गरु मन चोरेर गईन उनि,
आफ्नो भनि के गरु जुन बनेर गईन उनि ।
मुर्तिकार म पत्थरमा जिवन भर्ने गर्थे "ख्वाबि",
तोला-तोला भाउँ पर्ने सुन बनेर गईन उनि ।
बाँसुरीको बैनो छाडि सरगम सबै धितो थापि,
मिठो तर न्याउलीको धून बनेर गईन उनि ।
बढ्छ माया ऐचो-पैचो सुख- दु:ख गर्दा खेरि,
देउतासरि बरदान दिई एकोहोरो गुन बनेर गईन उनि ।
खाँचो थियो,सबै साँचो थियो,तर खै के बनेर गईन उनि,
अर्को-अर्को,चर्को-चर्को नचाहिदो नून बनेर गईन उनि ।