मनै रुवाई बाहिर हासो देखाउन गाह्रो हुन्छ
मुटु भित्र लागेको चोट सेकाउन गाह्रो हुन्छ
अथाह माया आफै भित्र लुकाउदै बाहिर
आफैलाई निष्ठुर बनाई लेखाउन गाह्रो हुन्छ
नयनमा तिमै्र तस्बिर मनभरीको सम्झनालाई
छैन भनि पर्दा लागाई छेकाउन गाह्रो हुन्छ
कहि कतै तिम्ले सानु बिर्सिएर गयौ भने
यो धर्तिमा मलाई पाईला टेकाउन गाह्रो हुन्छ
जिवन जाला चोखो माया मेटाउन गाह्रो हुन्छ