मान्छे मान्छे बीच पनि किन भिन्दै नजर् हुन्छ
आस्था टुटे बस्ती पनि काँस फुल्ने बगर् हुन्छ
काटे रगत् रातै बग्छ दर्दहरु एकै हुन् नि
उचोनिच हैन यहाँ भाबनाको सदर् हुन्छ
चुल्हो चौको किन बार्छौ कोही हुन्न सानो ठुलो
सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ
उस्कै हात् को श्रम चल्छ पानी किन चल्दैन त
तिमी हामी जुट्यौं भने बिसंगती बदर् हुन्छ
चेतनाको बिज छरे ऐतिहाँसिक् शहर् हुन्छ