मान्छे पुज्दै भाक्छ देबी, चाल चलन अनौठो
आस्था टुट्दा झाँक्छ देबी, चाल चलन अनौठो
शीला हो त्यो छैन नाता, कर्म सुखि भनी हिड्छ
बल्झे ब्यथा डाक्छ देबी, चाल चलन अनौठो
तड्पाईमा देह जल्दा, मन्दिर र मठ खोज्दै
अंगालोले ढाक्छ देबी, चाल चलन अनौठो
मान्छे कस्तो स्वार्थि याहाँ, ठोक्छ शिर दु:ख पर्दा
ढोग्दै ढुंगा ताक्छ देबी, चाल चलन अनौठो