मन्द मन्द हावा चल्दा, याद मेरो आउछ होला
दोबाटोमा अरु हिड्दा, मेरै झल्को लाउछ होला
बाध्यतामा परेपछि, भेट न भा धेरै भयौ
मैले भन्या कुराहरु, त्यो मनमा छाउछ होला
बसन्तका पालुवा ति, शिशिरमा झरे पनि
त्यो मुटुमा नमेटिने, मात्र मेरै नाँउ छ होला
मरुभुमी जस्तै लाग्छ, बिरानो यो देश मलाई
मात्र तिमै्र सम्झना छ, अझै उस्तै गाँउ छ होला
बिपनिमा टाढा भा नि, सपनिमा आउदा खेरी
अझ पनि त्यो मन भित्र, बस्ने मेरो ठाँउ छ होला