मन्द मन्द मुस्कान छर्दै आउँथ्यौ तिमी सानु
संसार् सारा भूल्ने माया लाउँथ्यौ तिमी सानु
माया कति गर्थ्यौ तिमी हिसाब कुनै छैन
अधेंरी त्यो रातमा पनि धाउँथ्यौ तिमी सानु
रिसाउँथें कुनै बेला , घुर्की पनि लाउँथें
फकाउन मिठो गीत गाउँथ्यौ तिमी सानु
डर लाग्थ्यो छुट्छौं भनि अश्रु भेल बग्थ्यो
आँखाभरि बिम्ब बनि छाउँथ्यौ तिमी सानु
एकहोरो हुन्थें म मोहनी पो लाथ्यौ क्यारे
हर् धड्कनमा मलाई पाउँथ्यौ तिमी सानु