मंदिर, मस्जिद, चैत्य र गुम्बा एक ठाउमा बनांउ ।
धर्म र जातको भेद्भाब नगरि जिवनमा रमांउ ।
एउटै छानो आकाश माथिको, एउटै घाम र जुन ।
ईश्वर लाइ जसरि पुजे पनि मन्मा एउटै हुन ।
के लानु छ र मरेर साथ मा गरेर झगड़ा ।
शरिरको रगत सबैकोरातो, नशामा बग्छ जुन ।
खालि हात आयौं, जानु छ खालि सन्सार त्यागेर ।
कस्लाइ किन कमाउछौ, असर्फ़ि धनमा सुन?
अजमबरि हुदैन कोहि, बेरिने कफ़न्मा हुन ।