मन्दिर मस्जिद गिर्जामा ढोग्नेहरु बड्दैछन
भाकल राखेर गुनासा पोख्नेहरु बड्दैछन ।
विश्वास कसलाई गर्ने र चारैतिर उही हाल
छलछाम र मनमा पाप बोक्नेहरु बड्दैछन ।
होश गर है जिउ र ज्यान सुम्पिदिनेहरुले
नासो थमाइ भागिजाने लोग्नेहरु बड्दैछन ।
धिक्कार त्यो जवानी होश गुमाउनेहरुको
अबोध शिशुलाई हुर्कन रोक्नेहरु बड्दैछन ।
आफ्नै रगतको मुल्य तोक्नेहरु बड्दैछन ।
संसार चलाउने नारी पुरुष जान्दैनन् अझै?
छोराछोरी माझमा नाफा जोख्नेहरु बड्दैछन ।
सभ्य समाजको निर्माण हो? प्रश्न गरिहेर्नु
उत्तर अड्काइ गलामा खोक्नेहरु बड्दैछन ।।