मंसिर लाग्यो झ्याईकुटी पार्ने रहरै भो।
पराई घर डेरा अब सार्ने रहरै भो।
माया प्रितले रजाएर जूनीभरलाई सँगै,
जीबन यात्रा एकै साथ तार्ने रहरै भो।
नजर लाग्ला भनीकतै चोखो हाम्रो मायामा,
बारलगाई माया जाल्ले बार्ने रहरै भो।
दिएर खुशी सँधैभरी तिमीलाई खुशी राख्न,
आफ्नो रहर ईच्छाहरु मार्ने रहरै भो।
मलाई पनी एक्लो यात्रा नार्ने रहरै भो।।