मानिस ठुलो दिलले हुन्छ, जात लाई किन मान्नु ?
सामन्त ले बनाएको हजुर, बात लाई किन मान्नु ??
पेशाले मान्छे सानो हुन्न, जात जातिको पछी पर्दै,
रङ्ग रुप छुट्याएर गर्नेको,घात लाई किन मान्नु ??
मन्दिर धाम चुला चौका र, पानी खाने पन्धेरिमा,
यहाँ छुवाछुतको तक्मादिने, हात लाई किन मान्नु ??
चौतारी र पाटी पौवा झोलुङ्गे मा, भाग बरा बरी,
यहाँ उच निच को दर्जादिने, साथ लाई किन मान्नु ??
यहाँ सानो ठुलो भन्दै गर्ने, मात लाई किन मान्नु ??