मनले मनलाई चाहेको छ,अब आउनु तिमी ।
मायाको मीठो गीत मेरो लागि गाउनु तिमी ।।
अम्बरमा जून,शीतल छ पवन ,रात मदहोश ।
मेरो तन मन, आत्मामा घनघोर छाउनु तिमी ।।
प्रेम रसले सरोवर, ती मायाका न्यानो स्पर्श ।
दिनु अलौकिक अनुभूति,साथै पाउनु तिमी ।।
माया , अलंकार , आभूषण सबैथोक माया नै ।
यो मधुरात, जूनमा नुहाउनु जूनै लगाउनु तिमी ।।
जति चाहान्छौ उति ,गहिराई भित्र धाउनु तिमी ।।