मनोमानी राज्य बाँड्ने संरचना जल्छ अब
छाती माथि संगिन् गाड्ने निंकुशता ढल्छ अब
सत्ताको नै बिलाशिता अति गर्यौ भोग चलन
राज्यकोशमा -याल काढ्ने तिम्री पुत्ला बल्छ अब
जनताको पसिनामा पौडी खेल्ने कस्तो शोख
देशद्रोही गद्दार फाँड्ने आँधी हुरी चल्छ अब
जातियता मुक्ती खोज्यौ को छ सानो ठुलो यहाँ
आपसमा जनता भाँड्ने कायरता गल्छ अब
चाहिंदैन कुनै तन्त्र हामीलाई नेपाल प्यारो
मनोमानी राज्य बाँड्ने संरचना जल्छ अब
छाती माथि संगिन् गाड्ने निंकुशता ढल्छ अब