मर्छु बरु तिमीलाई भुल्न सक्दिन म ।
हांसी-हांसी अरु संग डुल्न सक्दिन म ।
बिछोडेनी मायाँ गर्न छाड्ने छैनौं हामी,
मन मोडी र त अन्तै घुल्न सक्दिन म ।
हेरी तिम्रो प्रतिविम्ब, जिउन तयार छु,
पराईको पिरतीमा झुल्न सक्दिन म ।
दिल भित्र राखें मैले मात्र तिमीलाई ,
जहाँ अब अरुलाई हुल्न सक्दिन म ।
रोधन र चित्कार ईं सारा हटाएर ,
अबखुसी जिन्दगीमा चुल्न सक्दिन म ।