मर्न त मरेकै छौ देशका निम्ति मर बरु ।
त्यसै मरी जानू भन्दा अमरत्व भर बरु ।
अस्तित्व जोगाउन भविष्यमा नेपालीको ।
सम्झनेछ पीढ़ी पछी नाम केही गर बरु ।
अंधकार छ जीवन,उज्यालोको खोजीमा ।
रात कोखिएको ठाउँमा ज्योति छर बरु ।
स्वर्ग हाम्रो देशलाई बनाऊन आउनु सबै ।
वलिदानले देशको निम्ती नर्क झर बरु ।
गर्जिएर त्यीनी सामू ,अघि तीर सर बरु ।