मर्नु सम्म मरिसक्यो, अब मर्ने छैन
पर्नु सम्म परिसक्यो, अब पर्ने छैन
अभाव र बेदनामा, पिल्सिएर आँशु
झर्नु सम्म झरिसक्यो, अब झर्ने छैन
वारी पारी जता ततै, हण्डर र चोट
छर्नु सम्म छरिसक्यो, अब छर्ने छैन
प्रकृतिले ठग्ने कहिले, दैव पनि ठग्ने
गर्नु सम्म गरिसक्यो, अब गर्ने छैन
भर्नु सम्म भरिसक्यो, अब भर्ने छैन