मरुभुमिमा फुल रोपे पानी बनी आउ प्रिय
सुक्न नपावोस कहिल्यैपनी कुलोबनी ,धाउ प्रिय!!
सर्न नपाई नमरोस है फुलाउनु पर्छ यस्लाई
फुलेपछी टप्पकै टिपी तिम्रै शिरमा ,लाउ प्रिय!!
प्रचन्ड त्यो घामको रापले ओईलाउन लाग्यो भने
बरपिपलको शितल छाया बनी ,छाउ प्रिय!!
फुलेका यि फुलदेखी लजाउदै वातरन ,मुस्कुराउदा
खुशी भई नाच्दै मिलनका गीत हरु ,गाउ प्रिय!!
सुक्न नपावोस कहिल्यै पनि कुलोबनी ,धाउ प्रिय!!