मती भ्रष्ट हुन्छन, अरु सङ्ग दाजे पछी ।
कर्तब्यलाई भुल्छन समस्याले गाजे पछी ।।
थोरै मान्छे यहाँ सम्यमित हुन्छन रे,
सधैं आफ्नै पेरिस्थिती ले बाधे पछी ।।
धेरै मर्यादालाई कुल्चिएर पशु बन्छन,
यहाँ निर्लज्जताले पराकाष्ट नाघे पछी ।।
भन्छन निर्धोलाई आफ्नो ठान्नन रे,
अहङ्कार घमन्डले जीवन साधे पछी ।।
कर्तब्यलाई भुल्छन समस्याले गाजे पछी ।।