माया गर्ने मुटुलाई ढुङ्गा बनायौ
नदि तरी छोडि जाने डुङ्गा बनायौ
बेबारीसे बगैचामा फुल्या थिईन
भगवान लाई चढाउने थुङ्गा बनायौ
तिम्रो चाह अनुरुपको पक्कै भइन
धन नभा नि मन थियो बुङ्गा बनायौ
धेरै थोरै कुराहरु बुझ्थ्ये मैले नि
किन तिम्ले केही नबुझ्ने गुङ्गा बनायौ
नदि तरी छोडि जाने डुङ्गा बनायौ