माया गर्यौ तिम्ले र त मैले गरें
रित्तो थियौ तिमी र त मैले भरें
श्वेत दृश्य तिमी रङ्गहिन थियौ
रङ्ग थिएं आफै र त मैले छरें
वारी थिएं म नि बिच्मा खोला बग्थ्यो
पारि थियौ तिमी र त मैले तरें
उता दुख्दा यता दुख्थ्यो मुटु छाम्थें
आफ्नै लाग्थ्यो दु:ख र त मैले हरें