माया हुर्काई, पाली, पोसी गयौ ठूली !
फेरि किन अनायास, दोसी गयौ ठूली?
निभाउन साह्रै गाह्रो, निभ्दै निभ्दैन त !
वनमा हैन, मनमा आगो, झोसी गयौ ठूली !!
बल्न थाल्यो छाती पूरै, डडेलोझैँ दनदन !
हावा हम्की अगुल्टा, ठोसी गयौ ठूली !!
खडेरीका खहरेझैं, रित्ता नसाहरू !
नसाभित्र बग्ने रगत, सोसी गयौ ठूली !!
जुनीभरि यौटै बाटो, हिडौँ भन्या' हैनौ ?
मलाई छाडी मेचीमै, कोसी गयौ ठूली !!
पत्तै नपाई सुटुक्क, खोसी गयौ ठूली !!