मायाको जग बसाइदिउला छाना बन्छौ कि?
शब्द संगीत सजाइदिउला गाना बन्छौ कि?
निद्रा छैन भोक छैन दिन र रात नि उस्तै
भोक प्यास मेटाइदिउला खाना बन्छौ कि?
अमुल्य छ जोवन मेरो सबैले त भन्छन
जोवन कैद गराइदिउला थाना बन्छौ कि?
जिन्दगीको सबै दाउ तिम्रै नाउमा पर्नेछ
भोटे चिडी मिलाइदिउला पाना बन्छौ कि?