मायाको पनि कुनै आकार हुन्छ र लाटी ?
तिमी नै भन यस्को प्रकार हुन्छ र लाटी ?
निर्मल-चोखो छ यो, पवित्र गंगा सरी नै,
अमृत मा नि कतै, विकार हुन्छ र लाटी ?
याँहा त राज चल्छ, केवल दुई मुटु को,
मायाको देशमा नि, सरकार हुन्छ र लाटी ?
सपना पूर्ण हुन्छ, तिमीले साथ दिए पो,
म एक्लै ले चाहेर, साकार हुन्छ र लाटी ?
वैंशको भोक मेट्ने, शिकार हुन्छ र लाटी ?