तिमीसँगै नाता गास्ने धोकोछ ।
मायाको यो जेठा खुबै भोकोछ ।।
अन्तैतिर तिमी देख्दा बोलेको ।
किनकुन्नी योमन मेरो रोकोछ ।।
तिमी किन त्यसै रिश गर्छौनी ।
तिम्रो कुरा सब्ले मुटु छोकोछ ।।
सक्छौ मेरो छात्ती चिरी हेरत ।
तिम्रोनिम्ती मायाकोनै पोकोछ ।
दु:ख बोक्ने मेरो ठुलो डोकोछ ।।
तिमीसँगै नाता गास्ने धोकोछ ।
मायाको यो जेठा खुबै भोकोछ ।।