माया लाउने कसरी हो, छुटाउनेको कमि छैन
हिड्न पनि गाह्रो भयो, कुटाउनेको कमि छैन
नसा छुट्छ मदिराको, धनको नसा दशा बन्छ
आफ्नो अर्को नभनेरै, लुटाउनेको कमि छैन
स्वार्थिको यो ससांरमा, निश्वार्थि त पाउनै गाह्रो
महाजाल बुन्दै बुद्धि, भुटाउनेको कमि छैन
मिलेको त देख्नै हुन्न, झगडाको बिउ छर्दै
दाजु भाई अनि घरै, फुटाउनेको कमि छैन
तिल जत्रो कुरालाई, पहाड झै बनाएर
ठुलै भिड सडकमा, जुटाउनेको कमि छैन