माया पनि किन्न पाउने, तिम्रो शहर कस्तो छ ?
मन मुटु पिन्न पाउने, तिम्रो शहर कस्तो छ ?
त्यो आडम्बर देखा सिकि, ति बिकृति छन् जता जतै
ईज्जत बेच्दै हिन्न पाउने, तिम्रो शहर कस्तो छ ?
आज यता भोलि उता, जता ततै झुटको खेति
मायालु नै गिन्न पाउने, तिम्रो शहर कस्तो छ ?
सगै जिउने मर्ने भन्थ्यो, उस्ले आज हिड्यो नचिने झै
आफ्नै माया भिन्न पाउने, तिम्रो शहर कस्तो छ ?
जिन्दगी नै छिन्न पाउने, तिम्रो शहर कस्तो छ ?