मायाप्रेम भन्ने पनि सञ्जोगको कुरा रैछ
फुटेपछि नजोडिने सौभाग्यको चुरा रैछ
देउरालीमा चढाएथ्यौ सपनाका फूलहरू
बर्षौ पछि गई हेर्दा मात्र केही झुरा रैछ
जीवन देथेँ मैलेभने मेरा लागि तिमीसँग
खोकिलामा लुकाएको धारिलो त्यो छुरा रैछ
आफूभन्दा पनि धेरै तिम्रा लागि बाँचेको छु
तिमीलाई भने प्यारो सुन्दरी र सुरा रैछ
कृपा धेरै भगवानको मैमाथि परेको छ
थोरैथोरै अरूलाई मलाई दुःख पूरा रैछ ।
मायाप्रेम भन्ने पनि सञ्जोगको कुरा रैछ
फुटेपछि नजोडिने सौभाग्यको चुरा रैछ - !