माया प्रेम छोडेर पहिचान को कुरा लेख ।
पुर्खा सङ्ग जोडेर पहिचान को कुरा लेख ।।
धेरै लेख्यौ वियोगमा मन जलेको कहानी ।
रुने मन फोडेर पहिचान को कुरा लेख ।।
आखीर केनै पायौ आलाप विलाप गरेर ??
सारा नाता तोडेर पहिचान को कुरा लेख ।।
हाम्रो सामु जिर्ण ईतीहास को उद्दार गरी ।
माली बनी गोडेर पहिचान को कुरा लेख ।।
सयौथुँगा जात जातिको आफ्नै कालान्तरछ।
आफु लाई मोडेर पहिचान को कुरा लेख ।।