मेची र काली सुक्यो हजुर ।
नेपाली शिर झुक्यो हजुर ।।
सन्तान सधैं झगडा गर्दा ।
कान्तिपुरी ले थुक्यो हजुर ।।
बाछो ले माउ नचिन्ने हुँदा ।
बाधे को साँढे फुक्यो हजुर ।।
बानेश्वर को भवन भित्रै ।
भुस्या कुकुर भुक्यो हजुर ।।
बुद्ध को शान्ती लुक्यो हजुर ।।
नेपाली को चाला देखेर नै ।
सत्रु ले बाटो ढुक्यो हजुर ।।