मेरा हरेक खुसिहरु तिम्रै नाउमा सारी दिउला
तिम्लाई जित्ने रहर भए सधै मैले हारी दिउला
कारण बिना आफ्नै मनलाई रुवाउछौ तिम्ले भने
तिम्रा इच्छा पुरा गराई आफ्ना सबै मारी दिउला
तिम्लाई कहि पछुतोले मन जल्न थाल्यो भने
मनको आगो निभाउनलाई साच्चै पानि पारी दिउला
अरुसग त्यो कालिलाई छाडिदिन्छु भन्छौ अ रे
भन सानु मै सँग नै नाउदी पाउदी तारी दिउला
तिम्लाई जित्ने रहर भए सधै मैले हारी दिउला