मेरो छुट्यो त के भो प्रीत, कतिको गासेर गयो दशै
म रोएर बसे त के भो, कतिको हासेर गयो दशै
भित्र्याए बिकृती धनि हरुले, देखाए आडम्बरी पना
जस्ले गर्यो देखसेखी तिन्को, घरखेत मासेर गयो दशै
यसपाली त पक्का आउछु घर,बाचा गरेथे प्रीयसीलाई
मिलनको मिठो आभाष फेरी, मनमै साचेर गयो दशै
कति तडपिन उता उनि, उस्तै हाल भो मेरो एता
बेदनामै दुई चिरा भैइ, मुटु फाटेर गयो दशै
यसपाली नि मनको रहर, थाति राखेर गयो दशै