मेरो देश तेरो देश होला यदि यहाँ फुटिन्छ भने !
मेरो भेष तेरो भेष होला यदि यहाँ टुटिन्छ भने !!
गाउँ घर टोल केहि नरहला हामी पराइ भए !
मेरो धुरी तेरो धुरी होला यदि यहाँ भूटिन्छ भने !!
बाबा आमा दाई केहि नरहला हामी चिरिए देखि !
मेरो नाता तेरो नाता होला यदि यहाँ छुटिन्छ भने !!
मेला पात पैंचो केहि नरहला हामी बाँडिए देखि !
मेरो दुख तेरो दुख होला यदि यहाँ चुटिन्छ भने !!
नदि नाला ताल केहि नरहला हामी छाटिए देखि !
मेरो पर तेरो वर होला यदि यहाँ ढुटिन्छ भने !!