मेरो गजल सबको लागि नसुहाउने भयो अरे ।
आशु खस्दा सबको मनलाई नरुवाउने भयो अरे ।।
मैले लेख्ने शब्दहरुले, भावनालाई नअङ्गाल्दा ।
पिर ब्यथा त्यो मन भित्र नलुकाउने भयो अरे ।।
मैले कोर्ने शैलीहरुले, पिढा हरु लाई नसङ्गाल्दा ।
घाउ माथि चोट पर्दा यहाँ नदुखाउने भयो अरे ।।
मैले बोल्ने बोलीहरुले, भुल गर्ने कलङ्कित लाई ।
ठेश लाग्दा काढाले झै सधैं नबिझाउने भयो अरे ।।
सावनको झरी झै सधैं यहाँ नरिझाउने भयो अरे ।।