मेरो इमान दुख्दैछ प्रवासीले के गर्न सक्छ र ?
मेरो सान झुक्दैछ प्रवासीले के मर्न सक्छ र ?
कति आए जंगली चोरहरु खै कता हराए ति ?
मेरो मान लुक्दैछ प्रवाशीले के छर्न सक्छ र ??
धेरै चोटी सम्हाले पदहरु खै कहाँ बिलाए ति ?
मेरो गान चुक्दैछ प्रवाशीले के चर्न सक्छ र ??
रुँदै छिन नेपाली आमाहरु खै आँशु पुछ्ने को ?
मेरो ज्ञान फुक्दैछ प्रवाशीले के पर्न सक्छ र ??
जुनै जोगी जिताए पनि राहत खै कस्ले दियो त ?
मेरो जमान भुक्दैछ प्रवाशीले के हर्न सक्छ र ??