मेरो जीवनसरि भैदियो मेरो कवितापनि ।
थूक्नु न निल्नु सरि भैदियो मेरो कवितापनि ।।
न मिलेको गजल भैदियो न त फूलेको फूलसरि म आफै,
लेखेर नपढी मेटायसरि भैदियो मेरो कवितापनि ।।
पिडा छ तर हाँस्छ, जोकरसरि भैदियो मेरो कवितापनि ।
अनुहार छ तर ढाक्छ, मुखोटोसरि भैदियो मेरो कवितापनि ।।
म आफ्नै रगत पियर राच्छस भा हुन्छु 'अर्याल कान्छो' !
मसी पिएर मशानसरि भैदियो मेरो कवितापनि ।
न अँकुरित बिऊ बन्न सक्यो न त ज्यान लिने निहु नै,
शिशिर र बसन्तको साधसरि भैदियो मेरो कवितापनि ।।
कस्तो बेमेल र बेअर्थीसरि भैदियो मेरो कवितापनि ।।
मेरो जीवनसरि भैदियो मेरो कवितापनि ।
कुकुरलाई घिऊ,सलहलाई बिऊ र गधालाई जिऊसरि भैदियो मेरो कवितापनि ।।