मेरो माया बसाउने, शहर पाइन मैले ।
त्यै भएर गजल लेख्न, बहर पाइन मैले ।
नखोजेको होइन मैले, माया गास्न उनिसंग ।
तर्कि गईन खै किन हो, नजर पाइन मैले ।
नुन बिनाको तर्कारि भो, माया बिना जिबन ।
पिएरै म मर्छु भंदा, जहर पाइन मैले ।
मेरो माया बसाउने शहर पाइन मैले ।
त्यै भएर गजल लेख्दा बहर पाइन मैले ।