मेरो माया मारेर खुशि हुन्छौ भने,
अलपत्रमा पारेर खुशि हुन्छौ भने ।
तिम्रै लागि हृदय भरी माया साँचे,
जाउ हृदय सारेर खुशि हुन्छौ भने ।
छैन मन टाढिएर बस्न तर पनि,
मान्छु नदी तारेर खुशि हुन्छौ भने ।
हुनु पथ्र्यो बिश्वास चोखो माया भित्र,
बधाई छ आफै हारेर खुशि हुन्छौ भने ।
त्यहि भए चाहना मरी दिउला पक्का,
साच्चै घाट झारेर खुशि हुन्छौ भने ।