मेरो माया कांडेतारमा अल्झीएर रोएँ ।
पुरानो त्यो अतितफेरी बल्झीएर रोएँ ।।
बेदनाको रापले दिल रन्किएको बेला ।
अचानक मनमा आगो सल्किएर रोएँ ।।
हाम्रो चोखो नाता आज दुई धार हुँदा ।
परेलिको बाधमा आँशु छल्किएर रोएँ ।।
क्यान्भासमा सजाए नि भुल्न खोज्दा ।
नयनभरी उन्को मुहार झल्किएर रोएँ ।।
घाम जस्तै क्षितीजपारी ढल्किएर रोएँ।।
मेरो माया कांडेतारमा अल्झीएर रोएँ ।
पुरानो त्यो अतितफेरी बल्झीएर रोएँ ।।