मेरो माया साँच्यौ र पो, लेकै देखि झरेको म ।
मेरै निम्ति बाँच्यौ र पो, बर्खे भेल तरेको म ।
रुप रंग जात हुन्न, मायालुको संसार मा,
तिमी आफैं ताक्यौ र पो, चोखो माया गरेको म ।
तिम्रो जस्तै मेरो मन, सधैं सँगै बाँचु भन्दा,
ओंठ टोकी हास्यौ र पो, तिमी तिरै सरेको म ।
के छ सानु मरी लानु, जवानी हो वैली जाला,
हतारिदैं गांस्यौ र पो, तिम्रै भर परेको म ।
मायाँ फूल्न भाक्यौ र पो, फूल देखि मरेको म ।