मेरो माया तीमिले सस्तो मोलमा किन्न खोज्यौ,
हेला गर्दै तीमिले आफ्नै बोलमा छिन्न खोज्यौ ।
माया को ब्यापार गर्ने बाजारु दलाल हौ कि ?
आँखा तर्दै तीमिले बिक्री रोलमा चिन्न खोज्यौ ।
नादान सम्झी मलाई दोबाटो मा छोडि दियौ,
स्वार्थ भर्न तीमिले गाउ टोलमा भिन्न खोज्यौ ।
लीलामी मा राखेको सस्तो माया मेरो होइन,
भुल गर्दै तीमिले बासी झोलमा गिन्न खोज्यौ ।