मेरो रुप संग माया लाउने, आए कति कति ।
यो जवानि मन पराउने, आए कति कति ।
जम्दार कि छोरि पो हु, बाटुलि हो नाउ।
जुन तारा झारि दिंछु, भन्ने आए कति ।
चाल मेरो नागबेलि, बारुले छ कम्मर।
अप्सरा झै सजाइ राख्छु, भन्ने आए कति ।
चंद्र रुपि मुहार मेरो,कल्कलाउदो बैश।
संपतिले पुरि दिंछु भन्ने, आए कति ।
तिमि बिना मरिदिंछु भन्ने, आए कति।