मेरो सेतो पहिरनले मन तिम्रो दुख्यो हैन
अघि बढ्ने तिम्रा पाइला पर पुगि रुक्यो हैन
भ्रमको खेति गर्नेहरुको के को कमि छ र यहा
हाम्रो चोखो मायालाई दुनियाले थुक्यो हैन
पिडा भित्र छटपटीएको हेर्ने शक्ती म मा थिएन
त्यसैले त टाढा गए नि म तिम्रो बाटो फुक्यो हैन
कोमल त्यो हृदयमा ज्वालामुखी बिस्फोट हुदा
सपना ति चकनाचुर भएर नै फुट्यो हैन
किन कस्को गल्तिले हो दुबैको शिर झुक्यो हैन