राधा हौ र पुरा छौ, आधा हुदा थाहा पाउली मेरो माया कस्तो रै छ,
रंग हौ र रंगिन छौ, सादा हुदा थाहा पाउली मेरो माया कस्तो रै छ ।।
क्रिष्ण छ र राधा छौ, सिँदुर भन्दा ज्यादा छौ,
मीरा हुदा थाहा पाउली मेरो माया कस्तो रै छ ।
धनबान बा की छोरी हौ मुला जस्ती गोरी छौ,
क्रुर हातले चिरा हुदा थाहा पाउली मेरो माया कस्तो रैछ ।
मिठास छ र मिठी छौ, सबले मनपराउनी ठिटी छौ,
तिनै मिठास पिरा हुदा थाहा पाउली मेरो माया कस्तो रैछ ।
फुलेछौ र गुलाब हौ,हर ख्वाबीकी खवाब छौ,
ट्याप्प टिपि गुलदशता भै बिदा हुदा थाहा पाउली मेरो माया कस्तो रैछ ।
जीत्नै पर्दा "अर्याल" सरि हार्दा थाहा पाउली मेरो माया कस्तो रैछ ।
क्रिष्ण छ र राधा छौ,सिँदुर भन्दा ज्यादा छौ,
मीरा हुदा थाहा पाउली मेरो माया कस्तो रैछ ।