मिठा बात गरें तर झर्किएरै गयौ तिमी ।
हात जोडी फकाएथें तर्किएरै गयौ तिमी ।
दुनियाँ'नै भुलेको थें तिमीलाई पाए पछी,
तर एक्लै छोडी आज फर्किएरै गयौ तिमी ।
जुनीजुनी साथ दिन्छौ भनि सोंचे मैले तर,
टुटेका'ती सिसा जस्तै चर्किएरै गयौ तिमी ।
अनित्य'त्यो खुसी बन्यौ, अनि फेरी आज यहाँ,
बर्षा जस्तै अंश्रु भनि दर्किएरै गयौ तिमी ।
चोटै चोट दियौ कति, र नि धित नमरे'सी,
आलो घाउमा अझ बिष छार्किएरै गयौ तिमी ।