मोहनी रस पिलाउँथ्यो, खै कस्तो मात थ्यो !
आफैमा आस दिलाउँथ्यो, खै कस्तो रात थ्यो !!
भन्ज्यांग अनि जंघार काटीन्थे मुटु साटीन्थे !
लजाई बास मिलाउँथ्यो, खै कस्तो जात थ्यो !!
बतासिन्थे रहर पवन संगै मायालु मनै बाटीन्थे !
मायालु लास हिलाउँथ्यो, खै कस्तो घात थ्यो !!
ओइलिन्थे लहर बन्थे समाधि किन तनै पाटीन्थे !
नसालु खास खिलाउँथ्यो, खै कस्तो बात थ्यो !!
झस्किन्थे प्रहर चल्थे सपना जीवन किन ढाँटीन्थे !
इर्ष्यालु दास चिलाउँथ्यो, खै कस्तो हात थ्यो !!