मृत आत्मा फुल्थे होला रीत दिए देखि !
मनमा बाहार झुल्थे होला प्रीत लिए देखि !!
जति दुख गरे पनि तिमी बिना म कहाँ !
जिबन सुबाश खुल्थे होला शीत पिए देखि !!
थाहा पाए आज प्रेम दुइ आत्माको घर !
योबन आभास डुल्थे होला मीत जिए देखि !!
खोले हुन्छ मन मेरो तिम्रै आशामा छु म !
जोबन प्यास चुल्थे होला गीत सिए देखि !!