कसैलाई आशिष कसैलाई श्राप हुनसक्छ
मृत्युसँग लड्दा जीवनको नाप हुनसक्छ
धेरै नजाउ मन्दिर नचढाउ धेरै भेटिहरु
देउतामा नि लोभ जागी हान्थाप हुनसक्छ
अनिच्छाका बन्धनहरु बिबशतामा बांध्नुपर्दा
नातागोता सम्बन्ध नि अभिशाप हुनसक्छ
सुन्दर शान्त निर्मल अहा नेपाल हाम्रो
फर्केर हेरे पुर्खाले आलापबिलाप हुनसक्छ
कसैलाई आशिष कसैलाई श्राप हुनसक्छ
मृत्युसँग लड्दा जीवनको नाप हुनसक्छ