मुल खम्बा मक्किएर घर मेरो ढलेको छ ।
विवाद ठुलो भाई-भाइमा दम्भी आगो बलेको छ ।।
भाईहरु मेरो प्रस्ताव मरी गए हुन्न भन्छन ।
नयाँ घर बनाउने बहस अस्तीदेखी चलेको छ ।।
कुडा कंक्रिट हाली बनाउने रे उन्को प्रस्ताव ।
साना नानी बाबुहरुलाई सोझै छलेको छ ।।
आफ्नै अड्डी कसेपछी वालुवा गिटी असरल्ल ।
अर्ती दिने हजुरबा आँगनिमा ढलेको छ ।।
हेर आफ्नो मुखमा आँफै कालो मोसो दलेको छ ।।